पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आह्वान (प्रेस विज्ञप्तीसहित)

Thankot Times

थानकोट ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कहीँ कतैबाट पनि दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था नरहेको बताएकी छन् । उनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएकी हुन् ।

“संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन् । यो घाम जत्तिकै छर्लङ्ग भएको विषय हो,” पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूति गरेको उनले बताइन् । “मेरो उदेश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमा आफ्नो देश र जनताको सेवा गर्ने हो । मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउनु नै हो,” उनले आफू राजनीतिमा आउन खोज्नुको कारण बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *