दहचाेकमा चितुवाको आक्रमणबाट एक पुरुष घाइते

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०१ दहचाेक कालापानीमा चितुवाको आक्रमणबाट एक जना पुरुष सख्त घाइते बनेका छन् ।

चन्द्रागिरि नगर प्रहरी सेवाका अनुसार घाइते हुनेमा मकवानपुरका ४३ वर्षीय गणेश सञ्जेल रहेका छन् ।

चितुवाको आक्रमणबाट घाइते भएका उनको स्थानीयबासी दिनेश पाैडेल, राजेश पाैडेल, नगर प्रहरी र नेपाल प्रहरीकाे अग्रसरतामा शुक्रबार साँझ उद्दार भएको छ ।

शुक्रबार बिहान ५ बजे वस्तुलाई पानी दिन टहरा बाहिर निस्कँदा सञ्जेलमाथि चितुवाले आक्रमण गरेकाे थियो, आक्रमणबाट उनी घाइते भएपनि उपचार नगराइ टहरामै बसिरहेको अवस्थामा साँझ उनको उद्दा। भएको हो । सञ्जेलले त्यहाँ गाई, बाख्रापालन गर्दै आएका छन् ।

हाल उनकाे अवस्था मध्यम रहेको र वीर अस्पतालमा उपचार भइरहेको चन्द्रागिरि नगर प्रहरी सेवा प्रमुख नरेन्द्र केसीले थानकोट टाइम्सलाई जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *