बालकुमारीमा मिनी ट्रकको ठक्करपछि युवतीको निधन

Thankot Times

थानकोट ।

ललितपुरको बालकुमारीमा मिनी ट्रकको ठक्करपछि युवतीको निधन भएको छ ।

ललितपुर प्रहरीका अनुसार शनिबार बिहान साढे ४ बजे ललितपुरको बालकुमारी सडक पार गर्ने क्रममा काट्दै गरेका युवतीको निधन भएको हो ।

ग्वार्कोबाट कोटेश्वर जाँदै गरेको बा ४ ख २४७७ नम्बरको ट्रकको ठक्करबाट काभ्रेको २४ वर्षीया सुस्मिता भुजेल घाइते भएकी थिइन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बि एन्ड बी हस्पिटल लगिएकोमा करिव साडे ४ बजे चिकित्सकले मृत घोषणा थिए ।

मिनी ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसेका २२ वर्षीय राजेश मगरलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी उपचार सुरु गरेको प्रहरीको भनाई छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *