गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ ।

उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको  हो।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए।

भरतपुर महानगरपालिका–२६ निवासी गुरुङ नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेका थिए। उनको निधन भएको पुष्टि गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ उनको अन्लेतेष्टि आइतबार गरिने जानकारी दिए।

नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति  भएका थिए।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन्। ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए।

विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरेका गुरुङका छोरा देश बाहिर रहेकाले आइतबार अन्त्येष्टि गरिने भएको हो।

उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनको कान्छा छोरा र श्रीमती छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *