गण्डकी प्रदेशका पूर्वप्रमुखकाे निधनप्रति राष्ट्रपतिबाट श्रद्धाञ्जली व्यक्त

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन् ।

शनिबार (साउन १०) शोक सन्देश जारी गर्दै उनले गुरुङले लोकतन्त्र स्थापना र पुनर्स्थापनामा पुर्‍याएको महत्त्वपूर्ण योगदान सदा स्मरणीय रहने उल्लेख गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

शनिबार बिहान ८ बजे आफ्नै निवासमा गुरुङको निधन भएको हो । ०४६ सालको जनआन्देलनका बेला गुरुङले चितवनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि राष्ट्रपति पौडेलले स्मरण गरेका छन् ।

राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा गहिरो  समवेदना व्यक्त गरेका सचिवालयले जनाएको छ ।

चितवन नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङ ०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *