थानकोट चेकपोस्टमा करेन्ट लागेर एक जनाको मृत्यु
थानकोट ।
चन्द्रागिरिमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चन्द्रागिरि नगरपालिका-७ थानकोट चेकपोष्टस्थित टीएनपी मोटरपार्ट्स ग्यारेजमा काम गर्ने भारत मोत्तिहारी-६ पोष्ट सुगाम-२ घर भएका ४० वर्षीय सुरेश भगतको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।
सोही ग्यारेजमा काम गर्ने क्रममा प्लगबाट ल्याइएको विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस विषयमा थप अनुसन्धान जारी रहेको बताइएको छ ।












