भद्रकालीमा हिट एण्ड रन, मकवानपुरका युवाले ज्यान गुमाए, फरार चालकको खोजी जारी

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरपालिका–२९ भद्रकालीस्थित सडकमा बा. ७५ प १९४४ नम्बरको स्कुटरलाई हाल नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

सो दुर्घटनामा ललितपुर महानगरपालिका–१५ सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ घर भएका ३८ वर्षीय रामकृष्ण बजगाईको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा थप उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल र चालकको खोजी गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *