चाल्नाखेलमा एक पुरुष मृत अवस्थामा भेटिए
थानकोट ।
काठमाडौंको चाल्नाखेलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका १ चाल्नाखेल भैंसीबजार रहेको बाग्मती खोलाको किनारमा हाल, नाम, थर नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


















