सिन्धुलीकाे हायू परिवारका सदस्य पोखरामा भेटिए
थानकोट ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू परिवार पोखराको गगनगौंडामा फेला परेको छ।
परिवारका सदस्यहरू गत शनिबार पोखरास्थित होटल जननीमा पुगेका थिए र त्यहीँ बसेको खुलेको हो। होटल जननीका सञ्चालक सुनिल भूर्तेलका अनुसार, उनीहरू शनिबार साँझ होटल आएर आइतबार बिहान नै चेक आउट गरेर निस्किएका थिए ।
उनीहरुले तीन वटा कोठा लिएर होटलमा बसेको बताइएको छ । होटल सञ्चालक भूर्तेलले यसबारे प्रहरीलाई जानकारी गराइसकेको पुष्टि गरेका छन्।
यसअघि सोमबार गाउँपालिकाले हायू परिवारका १६ जना सदस्य बेपत्ता भएको भन्दै नामावली सार्वजनिक गरेको थियो। उनीहरू गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका-६ बिखर कटेरी डेड्पाबाट हराएका हायू समुदायका एकै परिवारका १६ जना सदस्य । प्रहरीले उर्मिला हायूसहित १६ जना बेपत्ताको सूची सोमबार दिउँसो सार्वजनिक गरेको थियो ।
१) ५२ वर्षीया उर्मिला हायू ( घरमुली आमा)
२) २७ वर्षीया कमला हायू (जेठी छोरी)
३) २३ वर्षीया कोमल माया हायू (माइली बुहारी)
४) २२ वर्षीया उषा हायू (छोरी)
५) १९ वर्षीया सुजता हायू (छोरी)
६) १८ वर्षीया अस्मिता हायू (छोरी)
७) १२ वर्षीया सान्ता हायु (छोरी)
८) २९ वर्षीय राजु हायू (जेठा छोरा)
९) २४ वर्षीय हिमाल हायू (माइला छोरा)
१०) १६ वर्षीय लालबहादुर हायू (साइँला छोरा)
११) १४ वर्षीय बेगबहादुर हायू (छोरा)
१२) ११ वर्षीय लक्की हायू (छोरा)
१३) १२ वर्षीय सुवर्ण हायू (छोरा)
१४) १० वर्षीया ओमकुमारी हायू (छोरी)
१५) १ वर्षीय अर्जुन हायू (नाति)
१६) ४ वर्षीय रियासा हायू (नातिनी)


















