मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसद लामाकै पक्षमा

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध प्रदेश सभामा दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले यसमा आफूहरूको सहमति नरहेको भन्दै नाम फिर्ता लिएका छन्।

आफ्नै दल नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध गत शुक्रबार संसद्‌मा पेस अविश्वास प्रस्तावबारे आफूहरूलाई थाहै नदिई हस्ताक्षर गराइएको दाबी गर्दै सांसदद्वय माया श्रेष्ठ र मीना पराजुलीले त्यसबाट आफूहरू नाम फिर्ता लिइएको घोषणा गरेका हुन्।

सांसदद्वय श्रेष्ठ र पराजुलीले अविश्वास फिर्ता लिएपछि मुख्यमन्त्री लामाको समूहमा १८ सांसद भएका छन भने बानियाँका पक्षमा १९ जना छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *