काठमाडाैंमा आज बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म प्रहरीको ‘१००’ फोन सेवा अवरुद्ध हुने

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले आज बुधबार काठमाडौंमा अत्यावश्यक नम्बर १०० को सेवा केही समयका लागि अवरुद्ध हुने जनाएको छ ।

कार्यालयले हिजो मङ्गलबार एक सूचना जारी गर्दै भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्ष मर्मत सम्भारको काम हुने भएकाले बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजे सम्म ‘१००’ नम्बरमार्फत प्रदान गरिँदै आएको आपतकालीन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।

काठमाडौं जिल्लाको इमर्जेन्सी सेवा १०० नम्बर अवरुद्ध हुने भएकोले प्रहरी सम्पर्कको लागि अन्य ईमर्जेन्सी सेवा अन्तर्गत प्रहरी कन्ट्रोल कक्ष ९८५१२८३०२६, ट्राफिक कन्ट्रोल १०३, ९८५१२९५१००, महिला तथा बालबालिका खोज तलास केन्द्र भृकुटीमण्डप १०४, जिल्ला प्रहरी परिसर काठमाण्डौ ९८५१२८३०१२, ललितपुरः ९८५१२८३०१७भक्तपुरः ९८५१२८३०२० मा सम्पर्क गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले अनुरोध गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *