सतुङ्गलमा माेटरसाइकलकाे लक फाेड्ने सामानसहित धादिङका युवा समातिए
थानकोट ।
सतुङ्गलबाट धादिङका युवा रङ्गे हात समातिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार राति ८ बजे सतुङ्गलस्थित सि.जि गेट अगाडी शंकास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले सोधपुछ गर्ने क्रममा भाग्न खोज्दा जिल्ला धादिङ घर भएका रीतक तामाङ र उनले प्रयोग गरिरहेको बा. प्र.०२-०३५ प ९०४७ नम्बरको २०० सि.सीको एनएस मोटरसाइकल र मोटरसाइकलको लक तोड्न प्रयोग हुने टी आकारको फलामको रडसहित बरामद भएको छ।
उनीमाथि थप अनुसन्धान कार्य भइरहेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराले जानकारी दिए ।
प्रतिनिधि तस्बिर



















