नेकपा एमालेले बागमती प्रदेश सरकारमा काँग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ । 

नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी गराएका हुन् ।

उनले नेपाली काँग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउनुहुन्छ, उहाँलाई समर्थन गर्ने जनाए । उनले नेपाली काँग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको बताए । 

नेपाली काँग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएका थियो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *