मातातिर्थस्थित विद्युत प्राधिकरण आयोजना कार्यालयले जारी गर्यो यस्तो सूचना

Thankot Times

थानकोट ।

मातातिर्थस्थित नेपाल विद्युत प्राधिकरणको थानकोट चापागाउँ भक्तपुर १३२ के.भि. प्रसारण लाइन आयोजनाले विभिन्न कम्पनीका नाममा ३५ दिनभित्र दाबी प्राप्तिका लागि सूचना आह्वान गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै आयोजनाले सो कार्यालयमा विगत लामो समयदेखि विभिन्न कम्पनीबाट सामान तथा सेवा खरिद गदां पुरानो दायित्व बाँकी रहेको र दायित्व उपर कुनै दाबी प्राप्त नभएको जनाएको छ । साथै, आयोजनाले उक्त रकम भुक्तानी लिनका लागि आफ्नो सबुत प्रमाणसहित ३५ दिन भित्र नेपाल विद्युत प्राधिकरण, थानकोट चापागाउँ भक्तपूर १३२ के.भि. प्रसारण लाईन आयोजना, मातातिर्थ, काठमाडौंमा सम्पर्क गर्नुहुन सम्बन्धित सबैमा जानकारी समेत गराएको छ ।

उक्त अवधिभित्र भुक्तानी दाबीको लागि नआएमा तपसिलमा उल्लेखित रकम प्राधिकरणको राजश्वमा आम्दानी बाँधिने समेत प्राधिकरणको भनाइ छ ।

कुन-कुन कम्पनी बुझेनन् रकम सूची हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *