धादिङको बेल्खुमा तीनवटा सवारीसाधन आपसमा ठाेक्किए

Thankot Times

थानकोट ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका-४ बेल्खुमा तीन वटा सवारी एकापसमा ठोक्किँदा ७ जना घाइते भएका छन्।

आज दिउँसो चितवनबाट काठमाडौं तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८१७५ नम्बरको माइक्रो र सोही दिशाबाट गइरहेको बा.प्र.०१–०३२ च ०१४८ नम्बरको योग्दा गाडीलाई काठमाडौंबाट चितवन तर्फ जादै गरेको ना.७ ख २८२८ नम्बरको ट्याङ्करले ठक्कर दिदा माइक्रोमा सवार ७ जना घाइते भएका हुन्।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरुमा रुपन्देहीका २५ वर्षीया शारदा परियार, २७ वर्षीया सिर्जना पच्भैया र बाग्लुङ बाल्कोटकी ३२ वर्षीया जमुना पच्भैया रहेका छन्।

उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेहरुमा रुपन्देहीका ७२ वर्षीया चन्दा गौतम, ६७ वर्षीया भिमकुमारी भट्ट चन्द, ३२ वर्षीय सन्दीप सुनार र कैलालीका ४८ वर्षीय धनबहादुर खड्का रहेका छन्।

माइक्रोमा १३ जना सवार थिए ।

घाइतेहरुको आदमघाट अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटना भएका तीनवटै सवारी साधन घटनास्थलमै रहेका छन् । ठक्कर दिने ट्याङ्कर चालकलाई मलेखुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बागमती कलमबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *