आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छन सम्भावित कार्यसूची

Thankot Times

थानकोट।

आज प्रतिनिधि सभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थप सबन्धी पत्र पढेर सुनाउने छन्।

साथै, संघीय संसदका महासिचवले संजैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी दिनेछन् भने सार्वजनिक लेखा समितिको २३ औं वार्षिक प्रतिवेदन, २०८२ मा उल्लेखित आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, स्वीकृत गर्न प्रस्ताव प्रस्तुत हुनेछ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संसोधन) विधेयक, २०८२ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधान माथि सदनमा छलफल र अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ