धादिङमा खोलाले बगाएको अवस्थामा स्कुटर फेला, चालकको अवस्था अज्ञात

Thankot Times

थानकोट ।

धादिङमा खोलाले बगाएर ल्याएको अवस्थामा एउटा स्कुटर फेला परेको छ ।

प्रहरीका अनुसार धुनिवेशी नगरपालिका-५ स्थित धोबी खोल्चामा सोमबार उक्त स्कुटर फेला परेको हो ।

सो स्कुटरको नम्बर प्लेट नचिनिने अवस्थामा छ।

हालसम्म कुनैपनि व्यक्तिले उक्त स्कुटर आफ्नाे भएको दाबी नगरेका कारण स्कुटरसँगै चालकपनि बगेको हुन सक्ने अनुमान गरिएको छ।

स्थानीय बासिन्दा र प्रहरीको टोलीले सम्भावित क्षेत्रमा चालकको अवस्था पहिचानका लागि खोजी कार्य तीव्र बनाएको बताइएको छ ।

पछिल्लो २४ घण्टामा धादिङका विभिन्न स्थानमा अत्यधिक वर्षा मापन गरिएको छ ।

तस्बिरः रेडियो राजमार्ग 

धादिङको गजुरी क्षेत्रमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा


Leave a Reply

Your email address will not be published. Required fields are marked *