बागमती मन्त्रिपरिषद् ९ सदस्यीय, को-को बने मन्त्री ? (सूचीसहित)

Thankot Times

थानकोट ।

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद सापकोटाले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ लिएलगत्तै नवनियुक्त बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले ८ जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट कृष्णकुमार तामाङले खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालय, शिवराज अधिकारीले विनाविभागीय मन्त्री, एमालेबाट मधुसुदन पौडेलले कृषि तथा पशुपंछी विकासमन्त्री, डा. दिनेश चन्द्र देवकोटाले भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापाले श्रम रोजगार तथा यातायातमन्त्री, भरतबहादुर केसीले वन तथा वातावरणमन्त्री, किरण थापाले स्वास्थ्यमन्त्री र बिन्दु श्रेष्ठले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रदेश प्रमुख सापिकोटाले सबै नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *