चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुले शपथ लिए
थानकोट ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार (साउन २९) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् ।
शपथ लिनेमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहप्रा. डा. पुजनकुमार रोकाया, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. बुद्धिप्रसाद पौडेल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति डा. भरत खत्री छन् ।
त्यस अवसरमा कुलपति ओलीले स्वच्छ र पारदर्शी रूपमा देखिने खालको काम गर्न निर्देशन दिए ।












