राजु गोर्खाली चन्द्रागिरिबाट पक्राउ
थानकोट ।
राजु गोर्खाली ‘राजेन्द्र बहादुर गोर्खाली’ पक्राउ परेका छन् ।
उनी बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका हुन् ।
गोर्खालीले तिवारी थरका एक पुरुषलाई दिएको १० करोडको चेक बाउन्स भएको बताइएको छ।
उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको हो ।
५५ वर्षीय गोर्खाली काठमाडौँ महानगरपालिका वडा नम्बर-७ मा बस्दै आएका छन् ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।


















