मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा दास

थानकोट ।

मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशकमा जगरनाथ दासलाई नियुक्त गरिएको छ ।

मन्त्रिस्तरीय निर्णयले कार्यकारी निर्देशकमा दासलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका प्रमुख थिए । उनले आइतबार (भदौ १) कार्यकारी निर्देशकको पदबहाली गरेका मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

यस्तै, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक रत्न लामिछानेलाई खानेपानी तथा ढल व्यवस्थापन विभागको उपमहानिर्देशकमा नियुक्त गरिएको छ ।

विभागको परिवर्तित स्थायी संरचनाअनुसार तीन उपमहानिर्देशकको दरबन्दी छ । हाल तीनै उपमहानिर्देशक नियुक्त गरिएपछि विभागले पूर्णता प्राप्त गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *