संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित

Thankot Times

थानकोट ।

भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ ।

प्रतिनिधि सभाको अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो ।

विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ ।

माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् ।

फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालले बताए ।

फरक मत सहित शुक्रबार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *