शनिबार साँझ पक्राउ परेका चन्द्रागिरि नगर कार्यपालिका सदस्यसहितका सबै जना रिहा
थानकोट ।
लिपुलेक क्षेत्रमा भारत र चीन सरकारले गरेको हस्तक्षेपको विरोधमा शनिबार साँझ मसाल जुलुश निकाल्ने क्रममा नेपाल प्रहरीले हस्तक्षेप नियन्त्रणमा लिइएका सबै जना रिहा भएका छन् ।
चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारा क्षेत्रबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका स्थानीय नेतासहित ८ जना पक्राउ परेका थिए ।
उनीहरूलाई अहिले बलम्बु प्रभागले नियन्त्रणमा लिएको थियो ।
उनीहरू सबै शनिबार राति ९ बजे रिहा भएका हुन् ।
पक्राउ पर्नेमा नेकपा माओवादी केन्द्र काठमाडाैं उपत्यका विशेष प्रदेशका कार्यवाहक अध्यक्ष जनक ढुङ्गाना, नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर सह इन्चार्ज देवकृष्ण महर्जन, नेकपा माओवादी केन्द्र चन्द्रगिरि नगर अध्यक्ष गोपी सुर्खेती, अखिल क्रान्तिकारी चन्द्रागिरि नगर संयोजक अग्नी पुन मगर, अखिल क्रान्तिकारी चन्द्रागिरि नगर पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य रोसन पुडासैनी, चन्द्रगिरि नगर कार्यपालिका सदस्य सानुकान्छा परियार लगायत थिए ।












