राष्ट्रपति पौडेलसँग भियतनामकी उपराष्ट्रपतिले गरिन् शिष्टाचार भेट

Thankot Times

थानकोट ।

नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन्ह जुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेकी छन् ।

भेटवार्ता सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको थियो ।

“सो अवसरमा नेपाल र भियतनामबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भयो,” राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालको तीनदिने औपचारिक भ्रमणको सिलसिलामा भियतनामकी उपराष्ट्रपति शनिबार काठमाडौं आएकी थिइन् ।

उनी उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणमा नेपाल आएकी हुन् ।

आइतबार उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति जुअनबीच द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो ।
उनीसँग प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले आइतबार भेट गरेका थिए ।

उपराष्ट्रपति जुआन आज देश फर्कने कार्यक्रम छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *