न्यु जेनिथ कपः बास्केटबलतर्फ रिब्स फाइनलमा, यु-१६ फुटसलमा पनि रिब्स उपाधि नजिक

Thankot Times

थानकोट ।

रिब्स मावि र स्वर्णिम स्कुल तेस्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स विधाको फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार सम्पन्न प्रतियोगिताको सेमीफाइनलमा स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१–११ ले पराजित गर्‍यो । खेलमा स्वर्णिमकी हिसी ल्हामु लामाले २१ अंक जोडिन् । रिब्सले राराहिललाई २७–१७ ले हरायो । खेलमा रिब्सकी लिस्का थापाले १२ स्कोर गरिन् ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ज्ञान निकेतन र कन्स्टिलेसनले उपाधि भिडन्त पक्का गरेका छन् ।

ज्ञान निकेतनले पुष्पसदनलाई ६७–५१ ले पाखा लगायो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३३ अंक बटुले । कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९–५८ ले पन्छायो । कन्स्टिलेसनका रिडम नेपालीले २१ अंक जोडे ।

न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको ३ उमेरसमूहको प्रतिस्पर्धामा भने यसअघि नै फाइनल समीकरण तयार भइसकेको छ ।
यु–११ मा चेल्सी वर्ल्ड स्कुल र बेसिक लर्निङ तथा यु–१३ मा ब्राइट होराइजन र हार्टल्यान्ड एकेडेमी उपाधिका लागि भिड्ने छन् ।

यु–१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजको सामना गर्ने छ ।

सबै स्पर्धाको उपाधि छिनोफानो आज (मंगलबार) हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *