अष्ट्रेलियामा नेपाल क्रिकेट टिम अभ्यास खेलमा व्यस्त, एसीटीलाई दियो १७८ रनको लक्ष्य

Thankot Times

थानकोट ।

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल क्रिकेट टोलीले मंगलबार भइरहेको पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई १७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले थप पाँच अभ्यास खेलहरू खेल्ने तय भएको थियो ।

नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी-२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।

टप एन्ड टी-२० सिरिजमा पनि नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

तस्बिर: क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ