एएफसी महिला च्याम्पियन्स लिग छनोट : एपीएफ पहिलाे खेलमा पराजित

Thankot Times

थानकोट ।

एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब उज्वेकिस्तानको पीएफसी नासाफसँग पराजित भएको छ ।

उज्वेकिस्तानको क्वार्सीमा सोमबा। राति भएको समूह ‘बी’ को खेलमा एपीएफ पीएफसी नासाफसँग ३–० गोलले पराजित भयो ।

गएको संस्करणमा पनि एपीएफले नासाफसँग हार बेहोरेको थियो ।

अनिता बस्नेतको कप्तानी रहेको एपीएफले समूह चरण दोस्रो खेलमा यहि बिहीबार एशिया स्कलर्ससँग र तेस्रो तथा अन्तिम खेलमा भदौ १५ गते आइतबार अल नासरसँग खेल्ने छ ।

एपीएफ एन्फा महिला लिगको विजेता हो ।

प्रतियोगितामा १९ वटा टोलीलाई ५ वटा समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष स्थानमा रहने टोली अघिल्लो चरणमा पुग्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ