प्रधानमन्त्री ओली आज बिहान ७ बजे चीन प्रस्थान गर्ने

Thankot Times

थानकोट ।

 प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार बिहान ७ बजे चीन प्रस्थान गर्दै छन् ।

उनी तियानजिनमा हुने सांघाई सहयोग संगठनको (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । 

प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा चीन जान लागेका हुन् ।

 प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ गतेसम्म गर्ने आफ्नो पाँचदिने चीन भ्रमणबारे शुक्रबार प्रतिनिधि सभा बैठकलाई जानकारी समेत गराएका थिए । 

प्रधानमन्त्री ओलीका अनुसार, उनीसँगै चीन भ्रमण दलमा श्रीमती राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *