कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि  त्यसतर्फ प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान मन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीसहितको टोली भदौ १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।

प्रधानमन्त्री ओली आज बिहान ७ बजे चीन प्रस्थान गर्ने

तस्बिरः प्रधानमन्त्रीको सचिवालय । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *