लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

Thankot Times

थानकोट ।

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।

उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले बताए । 

पूर्वीरुकुम तकसेरा निवासी पुनलाई केही एक महिना अघि काठमाडौँ लगिएको थियो । खड्काले भने,  ‘म यही अस्पताल छु, उहाँको निधन भएको केही समय भयो ।’

अस्पतालमा एकैपटक दुईवटा मेजर अपरेसन गरिएको थियो । पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनका वेला उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।  पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *