मध्यरातमा सिन्धुपाल्चोकमा भूकम्पको धक्का
थानकोट ।
सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
मंगलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका जिल्लामासमेत अनुभव गरिएको थियो ।
मंगलबार बिहान ६ : १५ मा पनि गोरखाको अजिकोट–३ हंशपुरलाई केन्द्रबिन्दु बनाएर चार म्याग्निच्यूडको भूकम्प गएको थियो ।
दिउँसो ३ : १३ बजे दोलखाको लापिलाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।












