नागढुङ्गा नाकामा स्थानीयद्वारा प्रदर्शन, यातायात ठप्प, सडकमै टायर बल्यो

Thankot Times

थानकोट ।

हिजो सोमबार काठमाडाैं लगायतका देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शनमा भएको दमनपछि सृजना भएको अवस्थाको विरोधमा मंगलबार बिहानैदेखी ठाउँठाउँमा प्रदर्शन सुरु भएको छ ।

अहिले बिहान नागढुङ्गा नाकामा समेत युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

स्वतःस्फूर्त रुपमा सडकमा उत्रिएका युवाहरूले नारा लगाउँदै सडक अवरुद्ध गरेका छन् । अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *