सुनको मूल्यमा नयाँ कीर्तिमान, एकैदिन तोलामा ३ हजार १ सय रुपैयाँ बढ्यो
थानकोट ।
नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
यस दिन सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलाको दुई लाख १४ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपालमा सुनको मूल्य यो हालसम्मकै उच्च हो ।
हिजो छापावाल सुन प्रतितोला दुई लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ ।
यसदिन चाँदीको मूल्य तोलाको दुई हजार ५ सय १५ रुपैयाँ कायम भएको छ ।
यो पनि हालसम्मकै उच्च मूल्य हो ।
सोमबार चाँदी प्रतितोला दुई हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।












