रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू रद्द

Thankot Times

थानकोट ।

रूपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रमहरू रद्द भएको छ।

प्रतिनिधि सभा विघटन गरी नयाँ प्रतिनिधि सभाको निर्वाचनका लागि मिति तोकिएकाले आयोगले उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको हो।

‘…सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकाले रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने’ आयोगको आइतबार बसेको बैठकको निर्णयमा भनिएको छ।

निर्वाचन आयोगले सोमबार जारी गरेको विज्ञप्ति हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *