आज देशभर सार्वजनिक बिदा

Thankot Times

थानकोट ।

सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको मंगलबार गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको थियो । 

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,’मिति २०८२ भाद्र २३ र २४ गते जेनजी पुस्ताद्वारा भएको प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन मिति २०८२।०६।०१ गते बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने नेपाल सरकार (मन्त्रिपरिषद्) बाट मिति २०८२/०५/३० गते निर्णय भएको व्यहोरा सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *