पदबहालीका क्रममा सञ्चार मन्त्री खरेलले गरे दुई वटा घोषणा

Thankot Times

थानकोट ।

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दुई वटा घोषणा गरेका छन् ।

२ महिनाभित्र काठमाडौँ उपत्यकाका जुनसुकै सार्वजनिक स्थानमा गए पनि निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

त्यस्तै पाँच महिनाभित्र राजधानीसहित देशभरका सात वटै प्रदेशका १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेटको पहुँच हुनेछ ।

खरेल आजमात्रै सञ्चार मन्त्रीमा नियुक्त भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *