नेपालमा सुनकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार भने सुनको मूल्य २ लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार ६ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी तोलाको २ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *