सिंहदरबारको आगलागीमा काठमाडाैं महानगरकै दमकल पहिला पुगेको राजु पाण्डेको स्पष्टीकरण

Thankot Times

थानकोट ।

राजधानीका प्रमुख सरकारी संस्थाहरू जल्दा पनि काठमाडौँ महानगरपालिकाले दमकल पठाएर आगो निभाउन किन मद्दत गरेन भन्ने प्रश्न जनस्तरबाट उठेपछि महानगर प्रशासनले त्यसको जवाफ दिएको छ ।

बुधबार दिउँसो काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा जवाफ दिँदै महानगर र मेयर बालेन साहको बचाउ गरेका छन् ।

आगलागीमा निष्क्रिय रहेको आरोपलाई खण्डन गर्दै प्रहरी प्रमुख पाण्डेले फेसबुकमा लेखेका छन्, ‘सिंहदरबारको आगो निभाउन सबै भन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो ।’ उनले आफ्नो दाबीलाई पुष्टि गर्न आवश्यक परे नेपाली सेनासँग सोध्नसमेत चुनौती दिएका छन् ।

‘सिंहदरबारको आगो निभाउन सबैभन्दा पहिला काठमाडौँ महानगरको दमकल पुगेको थियो । पत्यार नलागे नेपाली सेनासँग सोधे हुन्छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ