मोरक्कोले जित्यो यु-२० विश्वकप

Thankot Times

थानकोट ।

मोरक्कोले पहिलो पटक यु–२० विश्वकप उपाधि जितेको छ। सोमबार बिहान सम्पन्न फाइनलमा मोरक्कोले अर्जेन्टिनालाई २–० ले पराजित गरेको हो।

जाब्रिनीले खेलको १२औं र २९औं मिनेटमा गोल गर्दै मोरक्कोलाई जिताए। योसँगै सन् २००९ मा घानापछि यु–२० विश्वकप जित्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्को बनेको छ।

मोरक्कोले समूह चरणमा स्पेन, ब्राजिल र मेक्सिकोलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि उसले नकआउट चरणमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनायो।

अर्जेन्टिनाका लागि यो प्रतियोगिताको पहिलो हार हो। सातौं पटक उपाधि जित्ने लक्ष्यका साथ आएको अर्जेन्टिना फाइनलसम्म पुगेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *