गायिका नितु पौडेलको उपचारका क्रममा मृत्युु

Thankot Times

थानकोट ।

शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो ।

“कीर्तिपुर वर्न हस्पिटलमा आज बिहान ८:२० बजे मृत्यु भएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले जानकारी दिए ।

गत शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।

उनले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?”


Leave a Reply

Your email address will not be published. Required fields are marked *