काठमाडौंमा बलात्कार आरोपमा २० वर्षीय युवक पक्राउ
थानकोट ।
काठमाडौंमा बलात्कार आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारीका २० वर्षीय राहुलकुमार ठाकुर छन् । उनी टोखा नगरपालिका–१, सीमाचौरमा डेरा गरी बस्दै आएका थिए ।
१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ ।
बिहीबार (कात्तिक ६) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
ठाकुरले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।












