चन्द्रागिरिका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि २ घण्टा बिजुली सेवा अवरुद्ध हुँदै

Thankot Times

थानकोट ।

नेपाल विद्युत प्राधिकरणको बलम्बु उपवितरण केन्द्रले चन्द्रागिरि नगरपालिकाका केही क्षेत्रमा आज शुक्रबार २ घण्टा बिजुली सेवा अवरुद्ध हुने जनाएको छ ।

केन्द्रका अनुसार खड्कागाउँ फिडर अन्तर्गत नैकाप किटनी भञ्ज्याङ, नैकाप फुटबल मैदान, झोले टोल, कालिकास्थान लगायतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।

यो अवधिमा यी स्थानमा लिंक स्वीच अफ गरी रुखका हाँगा काट्ने कार्य गरिनेछ ।

साथै, सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले सबैमा जानकारी गराएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ