कीर्तिपुरमा मोटरसाइकल दुर्घटना, २० वर्षीया युवतीको मृत्यु
थानकोट ।
कीर्तिपुरमा बिहीबार भएको सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ ।
प्रहरी वृत्त कीर्तिपुरका अनुसार बिहीबार ०१ः०० बजे कीर्तिपुर नगरपालिका-१० त्रिवि गेट नजिक बा ०५९ प ८९४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार युवतीको उपचारका क्रममा ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक जुम्लाका २१ वर्षीय जीवन हमाल र मोटरसाइकल पछाडी सवार जुम्लाकै समीक्षा न्याैपाने घाइते भएकोमा समीक्षाको उपचारका क्रममा बल्खुस्थित बयोधा अस्पतालमा बिहीबार ०१ः१८ बजे निधन भएको हो । उनीहरू भक्तपुर बस्दै आएका थिए ।
हमालको अवस्था मध्यम रहेको र सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












