कस्तो रहला आज शनिबार दिनभरको माैसम ? यस्तो छ विभागको पूर्वानुमान
थानकोट ।
देशका केही भू-भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशको पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले जनाएको छ ।












