एसइई-२०८२: चन्द्रागिरिका २ सामुदायिक विद्यालयलाई १००% सफलता, कंकालीका आभाषलाई ४ जीपीए

Thankot Times

थानकोट ।

सोमबार (बैशाख २८ गते) सार्वजनिक भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षाको नतिजा अनुसार चन्द्रागिरि नगरका सामुदायिक विद्यालयहरूको नतिजामा गतवर्षको तुलनामा सामान्य सुधार देखिएको छ ।

नगरको शिक्षा शाखाका अनुसार परीक्षामा सहभागी भएका ८०७ जना परीक्षार्थीहरू मध्ये ६४१ जनाले ग्रेडिङ प्राप्त गरेका छन् । थानकोट टाइम्सले प्राप्त गरेको विवरण अनुसार नगरका १७ सामुदायिक विद्यालय माध्यमिक शिक्षा परीक्षामा सामेल भएकोमा २ वटा विद्यालयका शतप्रतिशत परीक्षार्थीले ग्रेडिङ प्राप्त गरेका छन् । जसमा बाँडभञ्ज्याङ चिसापानीस्थित चण्डी भैरव मावि र सतुङ्गल बोसिगाउँस्थित भैरवनाथ मावि रहेका छन् ।

चण्डीभैरवबाट १८ र भैरवनाथबाट ८ जना परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा दिएका थिए । भैरवनाथले गत वर्ष पनि शतप्रतिशत नतिजा हात पारेको थियो ।

कंकाली माविका आभाष सुवेदीले ४ जीपीए प्राप्त गरेका छन् । उनी सो विद्यालयको प्राविधिक धारका नियमित विद्यार्थी भएको बताइएको छ । चन्द्रागिरिका सामुदायिक विद्यालयबाट ४ जीपीए प्राप्त गर्ने उनी एक्ला परीक्षार्थी हुन् ।

गत वर्ष सम्पन्न माध्यमिक शिक्षा परीक्षामा चन्द्रागिरिका कुन विद्यालयले कस्तो नतिजा प्राप्त गरे सूची हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *