आज केही भू-भागमा वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

आज देशका केही भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।

बाँकी तराई भू-भागका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

विभागले राति हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भू-भागमा आंशिक बादलको पूर्वानुमान छ ।

कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

मधेस प्रदेशलगायत बाँकी हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव छ ।

नेपालको पूर्वी भू-भागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *