विश्वकप लिग-२: नेपालसँग खेल्ने अमेरिकी टोली घोषणा
थानकोट।
आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालसँग खेल्ने अमेरिकाको टोली घोषणा भएको छ । लिग–२ का लागि यूएस क्रिकेटले मोनाक पटेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू हुँदैछ । प्रतियोगितामा घरेलु टोली यूएईसहित, नेपाल र अमेरिका रहेका छन् । ३ वटै टोलीले एकअर्कासँग समान २ खेल खेल्नेछन् ।
उद्घाटन खेल भोलि नेपाल र अमेरिका खेल्दैछन् । यो खेल बिहान सवा ११ बजे दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा शुरू हुनेछ ।
प्रतियोगिताका लागि यसअघि रोहित पौडेलको कप्तानीमा नेपाली टोली र राहुल चोपडाको कप्तानीमा यूएईको टोली घोषणा भइसकेको छ ।
८ वटा सम्मिलित लिग–२ तालिकामा नेपाल १६ खेलमा १२ अङ्कसहित सातौं स्थानमा छ । यस्तै अमेरिका २० खेलमा २८ अङ्कसहित दोस्रो र यूएई १६ खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ ।
यस्तो छ अमेरिकी टोली–
मोनाक पटेल (कप्तान), जेसी सिंह, सौरभ नेत्रावलकर, रुशिल उगरकर, नोस्थुश केन्जिगे, मिलिन्द कुमार, स्मित पटेल, शायन जहान्गिर, जुआनोय ड्रिसडेल, सञ्जय कृष्णमूर्ति, हरमित सिंह, यासिर मोहम्मद, साइतेजा मुक्कामल्ला, शुभम रञ्जने र एन्ड्रिज गौस ।














