जान्नुहोस आज आइतबार दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज आइतबार आंशिक बदलीको पूर्वानुमान छ ।

बाँकी भू-भागमा मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आकाशमा ५० प्रतिशतसम्म बादल हुनुलाई आंशिक बदली भनिन्छ ।

२५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्थालाई मुख्यतया सफा भनिने महाशाखाले जनाएको छ ।

कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस दिन राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको पूर्वानुमान छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

“हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन,” महाशाखाले भनेको छ ।

आउँदो बुधबार र बिहीबार (कात्तिक १२ र १३) भने देशका धेरै स्थानमा वर्षाको पूर्वानुमान छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *