महालक्ष्मी जात्रा अवसरमा आज र भोलि बलम्बुमा स्थानीय बिदा
थानकोट ।
गत मंगलबार (कार्तिक ११) बसेको चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुको वडा समिति बैठकले आज र भोलि (कार्तिक १३ र १४ गते) वडा क्षेत्रमा स्थानीय बिदा दिने निर्णय गरेको छ ।
वडाध्यक्ष न्हुच्छे बहादुर महर्जनका अनुसार परापूर्व कालदेखि मनाइँदै आइएको बलम्बु महालक्ष्मी, कुमारी र गणेश जात्राका अवसरमा ती दुई दिन वडा क्षेत्रमा स्थानीय बिदा दिने निर्णय भएको हो ।
उनका अनुसार ती दिन वडा कार्यालय बन्द रहनेछ ।
बलम्बु स्वास्थ्य चाैकी भने भोलि कार्तिक १४ गते १ दिन मात्रै बन्द रहने बताइएको छ ।
बलम्बु महालक्ष्मी जात्रा नेवार समुदायको प्रमुख जात्रा मध्येमा पर्दछ ।













