स्वास्थ्य मन्त्रालय सिंहदरबारभित्र सार्ने तयारी

Thankot Times

थानकोट ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारभित्रै सार्ने तयारी गरेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट मन्त्रालयको सेवा प्रवाह हुँदै आएकोमा मंसिर पहिलो साताभित्रै सिंहदरबारभित्र सार्ने तयारी गरिएको हो । 

मन्त्रालयका सूचना अधिकारी तथा वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीका अनुसार, सिंहदरबार परिसरको नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा मन्त्रालय सार्ने तयारी भइरहेको छ । 

“मंसिर पहिलो साताभित्रै मन्त्रालय सार्ने तयारी गरेका छौँ । नेपाल सेनाको नर्सिङ दल गणको खाली जग्गामा अस्थायी भवन बन्दै छ । सो ठाउँमा सर्ने हो,” उनले भने । 

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा सिंहदरबारबाहिर रहेको एकमात्र स्वास्थ्य मन्त्रालयको भवनमा आगजनी गरिएको थियो । 

पूर्णरूपमा प्रयोग गर्न नमिल्ने भएपछि मन्त्रालयको भग्नावशेष भवन पछाडि रहेको परिषद्को भवनबाट राउन्डटेवलमा सेवा प्रवाह हुँदै आएको छ । मन्त्रालयको जलेको भवनमा १६ वटा महाशाखा र पाँचवटा शाखा थिए । १०० भन्दा बढी कर्मचारी कार्यरत थिए ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *